डाेटीका १७१ विद्यालयमा पढाइ मेला सम्पन्न ।

विश्व खाद्य कार्यक्रम र विश्व शिक्षाकाे सहयाेगमा सामुदायिक विकास केन्द्र डाेटी द्वारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रमकाे सहयाेग र स्थानीय विद्यालयहरूकाे अायाेजनामा विद्यालय स्तरीय पढाइ मेला सम्पन्न भएकाे छ । अभिभावक तथा समुदायलाइ पढाइकाे महत्व बारेमा सचेतना अभिवृर्दि गर्नका साथै स्थानीय स्राेत र सामाग्रीहरू निर्माण गरी बालिकाहरूलाइ पढ्ने वातावरण तयार पार्नु विद्यालय स्तरिय पढाइ मेलाकाे उद्देश्य रहेकाे थियाे ।

कार्यक्रम संचालित डाेटी जिल्लका ८ वटा स्थानीय तहका १७१ अाधारभुत विद्यालयहरूमा उक्त मेला संचालन भएकाे जानकारी कार्यक्रम अधिकृत श्री याेगेन्द्र बहादुर कठायत ले गराउनुभएकाे छ । मेला कार्यक्रममा बालबालिका र अभिभावकहरूले स्थानीय सामाग्रीहरू वाट बनाएका शैक्षिक सामाग्रीहरूकाे प्रदर्शनी, प्रतिभा प्रदर्शनी, विभिन्न शैक्षिक खेल, विद्यालयमा गत वर्ष सबैभन्दा वढी नियमित उपस्थित हुने विद्यार्थी र अभिभावकलाइ सम्मान पनी गरिएकाे थियाे । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनीधिहरूकाे पनी सहभागिता रहेकाे थियाे । पुर्विचाैकी गाउंपालिका वडा नं.२ का अध्यक्ष श्री याेगेन्द्र ठगुल्ला का अनुसार यस प्रकारकाे शैक्षिक गतिविधिले बालबालिकाहरूलाइ पढाइ प्रति रूचि बढाउन सहयाेग पुग्ने र अभिभावकहरूलाइ विद्यालयमा भएका शैक्षिक गतिविधिहरू वारे जानकारी तथा अब गर्नुपर्ने सहयाेग वारे पुर्णरूपमा जानकार भएर अागामी दिनहरूमा सहयाेग पुग्ने देखिन्छ यस प्रकारकाे क्रियाकलापलाइ विद्यालयले निरन्तरता दिनुपर्ने छ, यसका लागि हामी पनि सहयाेग र सामुदायिक विकास केन्द्र डाेटी संग सहकार्य गर्न तयार छाैं ।

अवलाेकनका लागि तयार पारिएकाे स्टल
शिक्षकहरूलाइ सम्मान
स्थानीय सामाग्रीवाट निर्माण गरिएकाे शैक्षिक सामाग्री

स्थानीय सामाग्रीवाट निर्माण गरिएकाे शैक्षिक सामाग्री

स्थानीय सामाग्रीवाट निर्माण गरिएकाे शैक्षिक सामाग्री
नियमित विद्यालय उपस्थित हुने बालबालिकाकाे अभिभावकलाइ सम्मान


स्थानीय सामाग्रीवाट विद्यालयका लागि अभिभावकहरू द्वारा निर्माण गरिएकाे शैक्षिक सामाग्री