जनप्रतिनिधीसंगको समन्वयात्मक बैठक सम्पन्न

डोटीको के आई सिह गाउँपालिका र बोगटान गाउँपालीका जनप्रतिनीधी संगको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

USDA र WFP को आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र (CDC) डाेटी द्वारा संचालित प्रारिम्भक तह पढाइ कार्यक्रम र USDA र WFP अर्थिक सहयोगमा IDS Nepal संचालित School WASH कार्यक्रम सम्बन्धमा समन्वयात्मक बैठकको आयोजना गरीएको थियो ।

उक्त कार्यक्रमा EGRP र School WASH कार्यक्रमको सन २०१८ को समिक्षा र अगामी कार्ययोजना बनाउने र जिल्ला स्तरीय पढाइ मेला के आई सिंह गाउंपालिका र सिडीसी डोटीको सयुक्त संचालन गर्न का साथै कार्यक्रमको दिगोपनाका लागि गाउँंपालिकाले विद्यालयहरूको नियमित अनुगमन तथा सहयोग गर्ने सम्बन्धि छलफल भएको थियो । यस्तै नमुना बिद्यालय बनाउन कक्षा व्यवस्थापन तथा अन्य अवश्यक सहयोग गर्ने विस्तृत कार्ययोजना बनाउने सम्बन्धमा पनि छलफल भएको थियो ।

उक्त कार्यक्रमा बोल्दै के आई सिह गाउँपालिका अध्क्षय लोकेन्द्र शाहिले प्रारिम्भक तह पढाइ कार्यक्रम र School WASH कार्यक्रमले विद्यालयको सिकाइ गुणस्तर वृर्दि गर्न हामिलाइ सहयोग पुर्याएको छ र अगामि दिनमा यस गाउपालिकाको अन्य बिद्यालयमा पनि यो कार्यक्रम लागुगर्ने योजना यस गाउपालिकाले गराएर शिक्षाको क्षेत्रमा अगाडी बढ्ने छ र साथै यस कार्यका लागि हामि सिडीसी डोटी संग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

सो कार्यक्रममा बोल्दै बोगटान.गा.पा.अध्यक्ष श्री कमल बहादुर गद्सिलाका अनुसारःगाउपालिकाको शिक्षा क्षेत्रको विकास गर्ने उद््श्य सहित सिडीसी डोटी/आइडीएस नेपालले हामीलाइ सहयोग गरिरहेकोमा धन्यबाद र अगामी दिनमा कार्ययोजना बनाउदा यस गाउँपालिकाले तयार गरेको शिक्षा कार्य््िवधि अनुसार शिक्षा सभा अयोजना गर्दै छ सो सभामा शिक्षा संग सरोकार राख्ने सम्पुर्ण पक्षहरूसंग समन्वय गरी यस गाउपालिकाको शिक्षा क्षेत्रको विकास गर्न अवश्यक योजना बनाउन सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

वैठकको उदेश्यमा प्रकासविश्व शिक्षाका कार्यक्रम अधिकृत श्री हिक्मत भण्डारी गर्नु भएको थियो ! सामुदायिक विकास केन्द्र डोटी द्वारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रम वारे समिक्षा तथा यस वर्ष २०१९को कार्ययोजना वारे सीडीसी डोटीका कार्यक्रम संयोजक श्री सतिस गुरूङ्गले र आइडीएस नेपाल द्वारा संचालित School WASH कार्यक्रमकाे आइडीएस नेपालका कार्यक्रम अधिकृत श्री कुबेर बहादुर खड््काले प्रस्तृतिकरण गर्नु भयको थियो । सो कार्यक्रमा गाउँपालीकका प्रमुख उप प्रमुख र प्रसासकिय अधिकृत वडाध्क्षय लगायतको सहभागीता रहेको थियो ।

आगामी दिनमा डोटीकाअरु स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरुसग पनि समन्वयात्मक बैठक गरीने सामुदायिक विकास केन्द्र डोटीले जानकारी दिईएको छ । .

बाेगटान फुडसिल गाउंपालिकाका पदाधिकारीहरू संगकाे समन्वयात्मक वैठक

के.अाइ.सिं.गाउंपालिकाका पदाधिकारीहरू संगकाे समन्वयात्मक वैठक